बालेन सरकार धेरै नटिक्ने प्रचण्डको दाबी

दलित अनलाइन असार १६, २०८३

काठमाडौं —  नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन्द्र शाह नेतृत्वको सरकार धेरै नटिक्ने बताएका छन् ।

सोमबार नेकपाको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले सरकारका कामकारबाही सही नभएको बताएका हुन्। सरकारले ठिक ढङ्गले अघि नबढेको विश्लेषण गर्दै प्रचण्डले भने

‘राष्ट्रियताका विषयमा, आधारभूत वर्गका विषयमा सरकारले गरेका कामहरू गलत छन् । त्यसैले वामपन्थी शक्ति र अरू लोकतान्त्रिक शक्तिसँग सहकार्यको वातावरण बनाएर जानुपर्छ ।’

उनले अहिलेसम्मका क्रियाकलापले सरकार धेरै समय नटिक्ने पनि दाबी गर्दै उनले थपे, ‘सरकार ठिक ढङ्गले गइरहेको छैन । यो सरकार त्यति लामो जाँदैन।’ केन्द्रीय कमिटीको भर्चुअल बैठकमा प्रचण्डले समसामयिक राजनीतिक विषयसँगै नेकपाको महाधिवेशनको तयारीबारे चर्चा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank