सर्वोच्च फर्किइन् सपना, एकल र संयुक्त इजलासमा १७३ मुद्धाको पेसी

दलित अनलाइन जेष्ठ २५, २०८३

काठमाडौं — सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिने बिदा सक्काएर इजलासमा फर्किएकी छिन्।

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा.मनोजकुमार शर्माले पदभार ग्रहण गर्नुअघि नै गत जेठ १५ गते कामु प्रधान न्यायाधीशको हैसियतमा प्रधानले आफैँले आफ्नो बिदा स्वीकृत गरेर घर हिँडेकी थिइन्।

Global IME bank

उनको एकल र संयुक्त इजलासमा विभिन्न मुद्दाका पेशी परेको छ। सर्वोच्च फर्किए लगत्तै सपनालाई एकल इजलासमा ७ वटा र न्यायाधीश मेघराज पोखरेलसँगको संयुक्त इजलासमा १ सय ६६ वटा मुद्धाको पेसी तोकिएको छ।

संवैधानिक परिषद्ले बरियताको परम्परा भत्काउँदै चौथो नम्बरका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधान न्यायाधीश नियुक्ति गरेसँगै सपना चिढिएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank