बालेन खोज्दै विपक्षीले अवरोध गरेपछि संसद बैठक स्थगित

दलित अनलाइन जेष्ठ ७, २०८३

काठमाडौं —  विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको उपस्थिति खोज्दै अवरोध गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

सभामुख डोलप्रसाद अर्यालले आजै १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित गरेका हुन्। बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र शाहले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो।

Shivam Cement

तर, प्रधानमन्त्री उपस्थित नभएपछि सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिए।

त्यसपछि विपक्षीले सदनमा अवरोध गरेपछि बैठक रोकियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank