शेखर गोल्छाविरुद्ध म्याद थप गर्न अदालतद्वारा अस्वीकार

दलित अनलाइन बैशाख २२, २०८३

काठमाडौं —   उद्योगी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप्न जिल्ला अदालत काठमाडौंले अस्वीकार गरेको छ।मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश मोना सिंहको इजलासले यसअघि जारी भएको पक्राउ अनुमतिको म्याद थप नगर्ने आदेश दिएको हो।

Shivam Cement

‘प्रतिवादी शेखर गोल्छालाई हिरासतमै राखी मुद्दाको अनुसन्धान गर्नुपर्नेसम्मको अवस्थाको विद्यमानता नदेखिएकाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ ९३० बमोजिम प्रतिवादीलाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद गर्न मिलेन,’ आदेशमा भनिएको छ।

योसँगै अनुसन्धान गर्ने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई हिरासतमुक्त गरी अनुसन्धान अघि बढाउनुपर्नेछ। सोमबारमात्रै सर्वोच्च अदालतले धरौटी र जमानतको व्यवस्था हुँदाहुँदै किन थुनामा राखेर अनुसन्धान अघि बढाएको भनी धितोपत्र कसुरको अनुसन्धानमाथि प्रश्न उठाएको थियो। सर्वोच्चले बीमासम्बन्धी कसुरमा रिट निवेदनमा मागदाबी नभएको भन्दै केही बोल्न अस्वीकार गरेको थियो।

बीमासम्बन्धी कसुरमा म्याद थपका लागि अदालत लैजाँदा जिल्ला अदालतले म्याद थप्न अस्वीकार गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank