लिपुलेकबारे नेपाललाई भारतको जवाफ : एकतर्फी धारणा बनाउनु अस्वीकार्य

दलित अनलाइन बैशाख २१, २०८३

काठमाडौं — नेपालको परराष्ट्र मन्त्रालयले आइतबार साँझ लिपुलेक मुद्दामा भारत र चीनलाई कूटनीतिक माध्यमबाट आफ्नो धारणा सार्वजनिक गरेको समाचार आएसँगै भारतले पनि प्रतिक्रिया दिएको छ।

नेपालले आफ्नो धारणा सार्वजनिक गरेपछि भारतीय विदेशी मन्त्रालयका प्रवक्ता रनधीर जैसवालले नेपालको धारणा ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको बताएका छन्।

Shivam Cement

लिपुलेक भङ्ज्याङ हुँदै सन् १९५४ देखि कैलाश मानसरोवर यात्राका लागि भारतले प्रयोग गर्दै आएको पुरानो मार्ग भएको उनले बताए। उनका अनुसार यस मार्गबाट यात्रुहरू दशकौँदेखि आवतजावत गर्दै आएका छन्। साथै यो कुनै नयाँ विकास नभएको उनको भनाइ छ।

भारतले एकतर्फी रूपमा भू-भागबारे नेपालले धारणा बनाउनु अस्वीकार्य रहेको बताएको छ। साथै, भारतले नेपालसँग द्विपक्षीय सम्बन्धका सबै विषयमा विशेष गरी सीमासम्बन्धी बाँकी रहेका मुद्दाहरू समाधान गर्न संवाद र कूटनीतिक माध्यमबाट रचनात्मक वार्ताका लागि आफू खुला रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank