काठमाडौंका पूर्वसिडिओ छविलाल रिजाल पक्राउ

दलित अनलाइन चैत्र १७, २०८२

 

काठमाडौँ — काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई पक्राउ गरेको हो ।

गत भदौं २३ र २४ मा जेनजी आन्दोलन हुँदा उनी काठमाडौंको सीडीओ थिए ।  जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस अनुसार अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो।  जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो ।

Royal Enfield

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन्।  बानेश्वरमा किशोरहरुको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको भनेर रिजालको तीव्र आलोचना भइरहेको छ । तर, गौरीबहादुर कार्की नेतृत्वको आयोगमा रिजालले आफुले घातक हतियारबाट गोली प्रहार गर्ने आदेश नगरेको बयान दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank