संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल गठन गर्ने सरकारको निर्णय

दलित अनलाइन चैत्र १६, २०८२

काठमाडौँ —  सरकारले संविधान संशोधन बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रि परिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

Royal Enfield

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साहको अध्यक्षतामा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरेको हो।

सरकार प्रवक्ता मन्त्री पोखरेलले भने, ‘संविधान संशोधन बहसपत्र तयार गर्न माननीय प्रधानमन्त्रीज्यूको राजनीतिक सल्लाहकारको अध्यक्षतामा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरू रहने गरी कार्यदल गठन गर्ने।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank