काठमाडौँ — जुम्लाको सदरमुकाम खलङ्गास्थित कालेखोलीको एक होटलमा जातीय विभेदको गम्भीर घटना सार्वजनिक भएको छ । गुठिचौर गाउँपालिका–३ की कविता बुढाले सोही वडाका राजबहादुर सुनारमाथि सार्वजनिक स्थलमै अत्यन्तै निकृष्ट र अपमानजनक शब्द प्रयोग गरी दुर्व्यवहार गरेकी हुन्।
तातोपानी खान होटल पुगेका सुनारमाथि बुढाले ‘डुम’ भन्दै होच्याएको र जातीय घृणा फैलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि यसले कानुनी राज्यको उपहास गरेको भन्दै सर्वत्र आलोचना भइरहेको छ। सार्वजनिक भएको भिडियोमा बुढाले गर्वका साथ जातीय विभेदकारी शब्दहरू दोहोर्याएकी छन्।

उनले ‘डुमलाई डुम नै भन्छु’ भन्दै उत्तेजित अभिव्यक्ति दिएकी मात्र छैनन्, राज्यको न्याय प्रणालीलाई समेत ठाडो चुनौती दिएकी छन्। ‘मलाई जेल हालेर के हुन्छ, मेरा मान्छेले निकालिहाल्छन्’ भन्ने उनको आशयको अभिव्यक्तिले पहुँचवालाको आडमा कानुन मिच्न सकिन्छ भन्ने दम्भ प्रस्ट पारेको छ।


























Leave a Reply