इनिशा विक हत्या प्रकरणः दोषीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन [तस्विरहरू]

दलित अनलाइन चैत्र ७, २०८२

काठमाडौँ —  ६१ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा आज राजधानीको माइतीघर मण्डलामा बलात्कारपछि हत्या सुर्खेतकी इनिशा विक हत्या प्रकरणका दोषीलाई कडा कारबाहीको माग विरोध प्रदर्शन गरेका छन् ।

लामगादे पौडेल वंश समाज केन्द्रीय समिति, ने पाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समिति लगायत विभिन्न नागरिक समाजका अगुवाहरूको सहभागितामा बृहत् धर्ना कार्यक्रम गरिएको हो। प्रदर्शनकारीहरूले दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

Nic asia bank

विरोध कार्यक्रममा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले राज्यले यस्ता घटना दोहोरिन नदिन प्रभावकारी रूपमा काम गर्नुपर्ने बताएका छन्। उनले भने, ‘भोलिको दिनमा यो खालको मुद्धा लिएर सडकमा आउन नपर्ने गरी अव राज्य सक्षम हुनुपर्छ। हामी हिजो पनि यही विषयमा सडकमा ४५ दिनसम्म आन्दोलनमा थियौं। भोलिको दिनमा पनि यस्तो खालको आन्दोलन गर्न नपर्नेगरी सरकारले काम गर्न पर्नेछ। भोलि बन्ने सरकारको सदस्यको नाताले हिजो सडकमा र अब सदनमा यो मुद्धा उठाइनेछ। सधैं यो समुदायले घृणा र पीडा सहन सक्दैन।’

तस्वीर : नेपाल फोटो लाइब्रेरी

c425d6e5-428e-47ab-b26b-6c87a86e7939-1774079040.jpeg

d64b8096-5743-43a9-97aa-96111c5de5e0-1774079040.jpeg

a0988245-85dc-49fb-924c-da590e932a66-1774079040.jpeg

9491f253-4db5-4a4e-8acd-9babfcc112ff-1774079038.jpeg

518dd510-5019-49b5-b1d9-7fd680fa1d19-1774079039.jpeg

f71bdff0-e85d-459e-8a68-e824d149dad1-1774079039.jpeg

f353ac41-c2b4-480d-bf78-afc1f0b8d0a0-1774079039.jpeg

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank