गगनले दिएको राजीनामा उपसभापतिले शर्माले केन्द्रीय समितिमा पेश गर्ने

दलित अनलाइन चैत्र ५, २०८२

काठमाडौँ — नेपाली काँग्रेसका सभापति गगन थापाले राजीनामा दिएपछि शुक्रबार हुने केन्द्रीय कार्यसमितिको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गर्ने भएका छन्।

थापाले उपसभापति शर्मालाई बुधबार नै राजीनामा बुझाएका थिए। उक्त राजीनामा आज पार्टी कार्यालयमा दर्ता हुनेछ र शुक्रबारको बैठकमा राजीनामा प्रस्ताव उपसभापति शर्माले पेश गर्नेछन्।

Nic asia bank

निर्वाचनमा आफूसहित सिङ्गो पार्टीको लज्जास्पद पराजयपछि उनलाई राजीनामा दिन दबाव आइरहेको थियो। तर कतिपयले भने यस्तो अवस्थामा जिम्मेवारी नछोड्न भनेका थिए। उनि आफू पनि सर्लाही ४ बाट निर्वाचन लडेका थिए। तर राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेश सिंहले उनलाई भारी मतान्तरले पराजित गरे।

यही चैत ६ गते काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक पनि आह्वान भएको छ। त्यसमा उनको राजीनामाबारे औपचारिकरुपमा जानकारी दिइनेछ। यो निर्वाचनमा रास्वापा झन्डै दुई तिहाइ बहुमतनजिक पुग्दा नेपाली काँग्रेस भने प्रत्यक्ष र समानुपातिक गरी ३८ सिटमा मात्रै सिमित भएको छ। ।

गत पुसमा विशेष महाधिवेशन बोलाएर थापा सभापति भएका थिए। उनकै नेतृत्वमा यसपालि नेपाली काँग्रेसले १६५ क्षेत्रमै उम्मेदवारी दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank