काठमाडौँ — निर्वाचन आयोगले राजनीतिक दलहरूलाई फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी आयोगमा बुझाउन निर्देशन दिएको छ।
आयोगले मंगलबार निर्वाचन आचारसंहिता २०८२ को दफा ३७ बमोजिम राजनीतिक दलले आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा घोषणापत्र पेस गर्न निर्देशन दिएको हो।

निर्वाचन आचारसंहिताको दफा ३७ अनुसार दल वा उम्मेदवारले आफ्नो घोषणापत्र सार्वजनिक गरी निर्वाचन प्रचार गर्नुपर्ने व्यवस्था छ। दफा ३७ को २ (१) अनुसार राजनीतिक दलले आयोगमा र उम्मेदवारले निर्वाचन कार्यालयमा घोषणापत्र पेस गर्नुपर्ने उल्लेख गरिएको छ।
आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम उक्त निर्देशन दिएको हो।


























Leave a Reply