घोषणापत्र सार्वजनिक गरेर जनतासामु जवाफदेही बन्नुस् : रक्षा बम

दलित अनलाइन माघ १३, २०८२

काठमाडौँ —  जेनजी अभियन्ता रक्षा बमले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा होमिएका दलहरूका घोषणापत्र पढ्न चाहेको इच्क्षा व्यक्त गरेकी छन्।

संसदमा पुगेपछि के गर्ने र बनाउन खोजेको नीति कस्तो हो भन्ने कुराको आधारमै जनताले उम्मेदवारलाई मत दिने बताउँदै उनले यस्तो इच्क्षा जाहेर गरेकी हुन्। साथै बमले आजको “संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल”लाई अझ सबल र जनमुखी बनाउने योजनाहरू के–कस्ता छन् भन्दै प्रश्न समेत गरेकी छन्।

Nic asia bank

‘हामी तपाईंहरूको घोषणापत्र पढ्न चाहन्छौँ। संसदमा पुगेपछि तपाईं के गर्नुहुन्छ र तपाईंले बनाउन खोजेको नीति कस्तो हो भन्ने कुराको आधारमै जनताले तपाईंलाई मत दिने हुन्,’ उनले सामाजिक सञ्जालमा लेख्छिन्, ‘आजको “संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल”लाई अझ सबल र जनमुखी बनाउने तपाईंका योजनाहरू के–कस्ता छन्?’

यस्तै, उनी अगाडि थप्छिन्, ‘जनताप्रतिको आफ्नो उत्तरदायित्व तपाईं कसरी बहन गर्नुहुन्छ? यसअघिको चुनावमा तपाईंले गरेका घोषणा/वाचा कति र कसरी पूरा गर्नुभएको छ ? यस पटकका नयाँ घोषणा/वाचा कस्ता हुनेछन्? यी सबै कुरा हेरेर, बुझेर मात्रै जनताले तपाईंलाई मतदान गर्ने हुन्।’

साथै दलहरूले जनताको सामु जवाफदेही बन्न आग्रह गर्दै उनले आफ्नो घोषणापत्र/वाचापत्र सार्वजनिक गर्न अनुरोध समेत गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank