दुर्गा प्रसाईंसँग २ करोड माग्ने पूर्वसांसद श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश

दलित अनलाइन माघ १३, २०८२

काठमाडौँ — पूर्वसांसद ढाकाकुमार श्रेष्ठ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । मंगलबार आयोजित एक कार्यक्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले श्रेष्ठलाई पार्टीमा स्वागत गरेका हुन् ।

Nic asia bank

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेका श्रेष्ठ ‘स्वास्थ्य मन्त्री बन्छु सहयोग गर्नुस्’ भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग रकम मागेको अडियो सार्वजनिक भएपछि उनलाई पार्टीले निष्कासित गरेको थियो । मन्त्री बन्न उनले प्रसाईंसँग २ करोड रुपैयाँ मागेका थिए ।

उनै श्रेष्ठलाई राईले आज पार्टीमा भित्र्याएका हुन् । यसअघि उनलाई प्रतिबन्धित लागुऔषध बिक्री गरेको अभियोगमा कास्की प्रहरीले पक्राउ गरी कारबाहीसमेत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank