‘रुख र चारतारे झन्डा हामीसँगै छ, हामी नै आधिकारिक कांग्रेस हो’ : गगन थापा

दलित अनलाइन पुस ३०, २०८२

काठमाडौँ — कांग्रेस महामन्त्री गगनकुमार थापाले शेरबहादुर देउवा समूहले आफूलाई पार्टीबाट निष्कासन गर्नु हास्यास्पद रहेको प्रतिक्रिया दिएका छन्।

कारबाही परेलगत्तै भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रमा सम्बोधन गर्दै थापाले रुख र चारतारे झन्डा आफूहरूसँगै रहेकाले विशेष महाधिवेशन पक्षधर नै आधिकारिक कांग्रेस भएको दाबी गरे।

उनले शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको बताए। उनले अब महाधिवेशन निर्वाचन कमिटीले नयाँ कार्यसमिति चयन गर्ने बताए।

Nic asia bank

 

‘यहाँ नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहेको छ। श्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको छ। अब नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने क्रममा छौं,’ उनले भने, ‘सिंगो देशले यो सुनिरहेको छ। नागरिकले सुनिरहेका छन्। देशभरका कांग्रेस कार्यकर्ता र शुभचिन्तकले सुनिरहेका छन्। यो हो नेपाली कांग्रेस।’

थापाले दुई दिनपछि नयाँ कांग्रेस लिएर निष्क्रिय सभापति देउवासँग आशीर्वाद लिन जाने बताए।

विशेष महाधिवेशनले गगन–विश्वप्रकाशसहित सहमहामन्त्री फरमुल्लाह मन्सुरमाथि देउवा गुटको कार्यसमितिले गरेको कारबाहीको निर्णय खारेज गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank