कांग्रेस विशेष महाधिवेशन: उम्मेदवारी दर्ता आजै, मतदान प्रक्रिया भने बुधबारलाई सारियो

दलित अनलाइन पुस २९, २०८२

काठमाडौँ —  नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान प्रक्रिया बुधबार सम्मका लागि धकेलिएको छ। निर्वाचन समितिले मंगलबार राति नै मतदान गराउने तयारी गरे पनि समय अभावका कारण मनोनयन दर्ता बाहेकका अन्य कार्यक्रम भोलिका लागि सारिएको हो।

निर्वाचन समितिले उम्मेदवारको मनोनयन दर्ताका लागि मंगलबार साँझ ६:३० बजेदेखि ७:३० बजेसम्मको समय निर्धारण गरेको छ। यसअघि दिउँसो २ बजेदेखि ३ बजेसम्म तोकिएको समय पटक-पटक सर्दै साँझ ५ बजे र पछि ६:३० बजे पुर्याइएको थियो।

Nic asia bank

यसैबीच, महाधिवेशनको बन्दसत्र विगत ९ घण्टादेखि निरन्तर चलिरहेको छ। चिया तथा खानाका लागि ‘ब्रेक’ समेत नलिई भइरहेको बन्दसत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सुरुदेखि नै सहभागी छन्।

सचिवालयका अनुसार बन्दसत्र अझै करिब दुई घण्टा लम्बिनेछ। हलमा उठेका सुझावहरूलाई समेट्दै महामन्त्रीद्वयले सम्बोधन गरेपछि मात्र आजको बन्दसत्र समापन हुने जनाइएको छ। आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि रस्साकस्सी चलिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank