विशेष महाधिवेशन पक्षधरलाई निर्वाचन आयोगको जवाफ– पार्टीको आन्तरिक विवादमा प्रवेश गर्ने काम हुँदैन

दलित अनलाइन पुस २४, २०८२

काठमाडौँ —  निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई पार्टीको आन्तरिक विवादमा प्रवेश नगर्ने जवाफ दिएको छ।

विशेष महाधिवेशन पक्षधरले तत्काल महाधिवेशन गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई निर्देशन दिन अनुरोधसहित आयोगमा पत्र पठाएको थियो।

महामन्त्रीद्वय थापा र शर्माले बुधबार संयुक्त विज्ञप्ति जारी गरेर पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डमा विशेष महाधिवेशनको आह्वान गरेका छन्।

Nic asia bank

आयोगको पत्रको जवाफमा निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षधरलाई यस्तो जवाफ दिएको हो। विशेष महाधिवेशन पक्षधरले पुस १६ मा विशेष महाधिवेशन गराउन पार्टी नेतृत्वलाई निर्देशन दिन अनुरोध गर्दै आयोगमा पत्र पठाएको थियो।

पार्टीको विधान १७ (२) अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको अवस्थामा विशेष महाधिवेशन अनिबार्य रहेको तर्क उनीहरुको थियो।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले विहीबार कुनै पार्टीको आन्तरिक विवादमा प्रवेश नगर्ने भन्दै यस्तो जवाफ दिएका हुन्। कुनै पनि पार्टीको अन्तरपार्टी संघर्षमा प्रवेश नगर्ने भनाई कार्यबहाक प्रमुख आयुक्त भण्डारीको छ।

पुस १८ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले आगामी वैशाख २८–३१ मा पार्टी १५औँ महाधिवेशन गर्ने तय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank