चीनले अमेरिकालाई भन्यो– भेनेजुएलाका राष्ट्रपति मदुरो दम्पतीलाई तत्काल रिहा गर

दलित अनलाइन पुस २०, २०८२

काठमाडौँ चीनले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो दम्पती तत्काल रिहा गर्न अमेरिकालाई आग्रह गरेको छ।

आइतबार चीनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेको हो। चीनले भेनेजुएलाका नेता मदुरोलाई बलपूर्वक पक्राउ गरी लगेको चिन्ता समेत व्यक्त गरेको छ। चीनले राष्ट्रपति मदुरो र उनकी श्रीमतीलाई तत्काल मुक्त गर्न वासिङ्टनसँग माग गरेको छ।

‘चीन अमेरिकालाई राष्ट्रपति मदुरो र उनकी श्रीमतीको व्यक्तिगत सुरक्षा सुनिश्चित गर्न, उनीहरूलाई तुरुन्तै रिहा गर्न, भेनेजुएलाको शासनलाई उल्ट्याउन बन्द गर्न र वार्ता र संवादबाट समस्या समाधान गर्न आग्रह गर्दछ,’ विज्ञप्तिमा चीनको विदेश मन्त्रालयले भनेको छ।

Nic asia bank

अमेरिकाको कदमले अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यता, संयुक्त राष्ट्र संघको बडापत्रका उद्देश्य र सिद्धान्त उल्लंघन भएको टिप्पणी समेत विज्ञप्तिमा गरिएको छ।

अमेरिकाले जनवरी २ राति भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई पक्राउ गरी न्यूयोर्कको हिरासतमा राखेको छ । मदुरो पक्राउ परेपछि भेनेजुएलामा उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति नियुक्त गरिएको छ । भेनेजुएलाको सर्वोच्च अदालतले डेल्सीलाई पदभार ग्रहण गर्न आदेश दिएको थियो।

अमेरिकाद्वारा पक्राउ गरिएका मदुरोविरुद्ध हतियार र लागुपदार्थ सम्बन्धी आरोपमा मुद्दा चलाउने तयारी गरिएको समाचारहरु बाहिरिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank