काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख ३ दलका शीर्ष नेतालाई अब कुनै अलमल नगरी राष्ट्रको भविष्य सम्झेर दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पार्न आग्रह गरेकी छिन्।

चुनावी तयारीबारे छलफल गर्न कार्कीले शनिबार बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्दै यस्तो आग्रह गरेकी हुन्।
‘अब कुनै अलमल नगरी यो राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पारौँ। यो हामी सबैको जिम्मेवारी हो,’ उनले भनिन्।
आफू न्याय क्षेत्रबाट आएको स्मरण गराउँदै उनले राष्ट्रपतिबाट निर्वाचन गराउने कार्यादेश पाएपछि सरकार पूर्ण रूपमा चुनावको तयारीमा जुटेको स्पष्ट पारिन्। ‘प्रशासनिक काम-कारबाहीबाट अलग भएर पूरै निर्वाचनमा होमिनकै लागि रक्षाबाहेक मसँग रहेका सबै मन्त्रालय अन्य मन्त्रीलाई जिम्मा लगाइसकेको छु,’ उनले भनिन्।


























Leave a Reply