पूर्व गृहमन्त्री लेखकले पुस १४ गते कार्की आयोगमा बयान दिने

दलित अनलाइन पुस १०, २०८२

काठमाडौँ — पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगमा उपस्थित भएर बयान दिने बताएका छन्।

बिहिबार सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै नेता लेखकले आयोगले सोधपुछका लागि बोलाएको र आफूले जाने निर्णय गरेको जानकारी दिए। ‘आयोगले मलाई घटनाका बारेमा जानकारी लिन बोलाएको छ, र मैले आयोगमा जाने निर्णय गरेको छु,’ लेखकले भने।

Nic asia bank

उनका अनुसार आयोगले भोलि (शक्रबार) का लागि बोलाएको भए पनि समय व्यवस्थापनका कारण आफूले १४ गते जाने जानकारी गराएको बताए।

आयोगमा जाने विषयमा पार्टी समापति शेरबहादुर देउवासँग छलफल भयो कि भएन भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले यसबारे कुनै कुराकानी नभएको बताए। ‘यो विषयमा छलफल भएको छैन, मैले जाने निर्णय गरेको छु,’ उनले भने।

केही समयअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सोही घटनामा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउनु कानुनसम्मत नहुने बताएका थिए। ओलीले आफू बयानमा नजाने आडन कायमै राखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank