काठमाडौँ — नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली फराकिलो मततान्तरले विजयी भएका छन्। यसअघि नवौं र दशौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका ओली तेस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका हुन्।

निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन्। मतगणनाको औपचारिक घोषणा हुन भने बाँकी छ।


























Leave a Reply