ओली ‘पछि हटे’ ईश्वर पोखरेलले अध्यक्षमा दाबी नगर्ने

दलित अनलाइन मंसिर २४, २०८२

काठमाडौँ — एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११औं महाधिवेशनमा केपी ओली अध्यक्षको दाबेदारीबाट पछि हटे आफू पनि पछि हट्ने संकेत गरेका छन्।

बुधबार राजधानीमा सम्पादकहरूसँगको अन्तक्रियामा पोखरेलले महाधिवेशनको नेतृत्व चयनमा सहमति हुनसक्ने सम्भावना अझै रहेको बताएका हुन्।

Shivam Cement

त्यसका लागि ओलीले महाधिवेशनको हलमै औपचारिक रुपले अबको नेतृत्व घोषणा गरेको खण्डमा सहमति हुनसक्ने पोखरेलले बताए।

‘सहमति हुनसक्छ। तर अहिलेको सन्दर्भमा हामीले भनेका छौं– पार्टी अध्यक्ष केपी ओलीले अभिभावकीय भूमिका खेल्ने, संरक्षक भएर बस्ने। उहाँले महाधिवेशनको हलमा औपचारिक ढंगले अबको लिडरसिप फलानो भनेर प्रस्ताव गर्नुभयो भने सहमति हुनसक्छ। अरु हिसाबले सहमति हुन्छ जस्तो लाग्दैन।’

सम्पादकले तपाईं बाहेक अरुमा सहमति गर्न तयार हो? भनेर सोधेको प्रश्नमा पोखरेलले ओली हटेर अरूलाई अघि सारे आफ्नो विमति नरहने स्पष्ट पारे।

११औं महाधिवेशनमा संस्थापनबाट अध्यक्ष ओली र इतरबाट वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank