जेनजी आन्दोलमा कांग्रेका पार्टी कार्यालयदेखि नेताको घर जलाउने नेतृत्व गगन थापाले गरे : खगेन्द्र सुनार

दलित अनलाइन मंसिर २१, २०८२

काठमाडौँ — हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा कांग्रेका पार्टी कार्यालयदेखि नेताको घर जलाउने नेतृत्व गगन थापाले गरेको आरोप लगाएका छन्।

आइतबार नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेटेपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले जेनजी आन्दोलमा कांग्रेका पार्टी कार्यालयदेखि नेताको घर जलाउने नेतृत्व गगन थापाले गरेको आरोप लगाउँदै उनीमाथि छानविन गर्नुपर्ने बताए।

उनले भने, ‘रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध राखेर गगन थापा, शेरबहादुर देउवा, आरजु राणालगायतले स्क्रिप्ट लेखेर फसाएका हुन्। जेननी आन्दोलनमा पनि कांग्रेसको पार्टी कार्यालयदेखि नेताहरुको घर जलाउनेसम्मको नेतृत्व गगन थापाले गरेका हुन्। उनीमाथि छानविन हुनुपर्छ। आरजु राणालाई झापड हान्ने केटाहरू पनि गगन थापाका हुन्। दलित समूदायमा भाइहरू हुन्। तिनीहरूले ‘गगनले भनेका कारण झापड हानेका हौं’ भनेका छन्। आज बचाइदिनुपर्यो पनि भनेका छन्।’

Shivam Cement

त्यस्तै उनले रवि लामिछानेलाई विशेषगरी कांग्रेस र एमाले मिलेर प्रतिशोधको आधारमा फसाएको बताए।

‘भेटमा रवि लामिछानेमाथि विशेषगरी कांग्रेस र एमाले मिलेर जुन खालको प्रतिशोध साँधेर उहाँमाथि अत्याचार भएको छ ,त्यसका विरुद्धमा एकचोटी उभिुपर्छ भनेर कारागार पुगेको हुँ। उनीमाथि भएको राजनीतिक हिंसा र बद्ला भएको छ। त्यसको विपक्षमा उभिन यहाँ आएको हुँ,’ उनले भने।

त्यस्तै उनले रवि लामिछाने अहिलेको अवस्थामा देश र जनताको लागि चाहिएको होनाहार व्यक्ति भएको भन्दै आफूलाई थुनेर रविलाई छोड्न मिल्ने भए थुनिन तयार रहेको बताए। भेटमा दर्ता भएका नयाँ सबै पार्टीहरूबीचको एकतालाई लिएर जाने विषयमा लामिछानेको बुझाई र भनाइ के छ भन्ने विषयमा कुराकानी भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank