आरक्षण व्यवस्था अझै चर्को हुनुपर्छ : सामाजिक अभियन्ता डा. सुरज येङ्दे

दलित अनलाईन २० असार २०७६, शुक्रबार २३:५३

काठमाडाैं-भारतीय दलित अधिकार अभियन्ता डा. सुरज येङ्देले जातीय आरक्षण व्यवस्था अझै चर्को हुनुपर्ने बताएका छन्।

समता फाउन्डेसन र दर्नाल अवार्डले शुक्रबार ललितपुरमा आयोजना गरेको ‘जातीय मुद्दा किन’ विषयक छलफल कार्यक्रममा अभियन्ता डा. येङ्देले दलित समूदायका लागि केही सिट छुट्याएर मात्र नहुने भन्दै अझ धेरै सकारात्मक विभेद हुनुपर्ने बताए।

अभियन्ता डा. येङ्देले  भने, ‘तल्लो जातिका मानिसलाई पनि सर्वोच्च पदसम्म पुग्न सहयोग गर्ने प्रणाली चाहिन्छ।’ आरक्षण व्यवस्था अझै चर्को हुनुपर्छ । अझ धेरै सकारात्मक विभेद हुनुपर्छ । तल्लो जातिका मानिसलाई पनि सर्वोच्च पदसम्म पुग्न सहयोग गर्ने प्रणाली चाहिने बताए ।
अभियन्ता डा. येङ्देले आरक्षणमा मात्रै केन्द्रित हुँदा धेरै कुरा गुमाइरहेका भन्दै आरक्षणलाई अन्य प्रगतिशील उपायहरूसँगै लैजानुपर्नेमा जोड दिए ।
आरक्षणको समयसीमा तोक्ने भन्ने कुरा वस्तुगतभन्दा पनि विषयगत मुद्दा भएको भन्दै भोलिदेखि साँच्चै नै छुवाछूत अन्त्य भयो भने आरक्षण नचाहिने टिप्पणी गरे ।

जातीय तथा संस्थागत विभेद, रंगभेद, विविधता र समावेशिताका मुद्दाबारे अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलनमा मुख्य वक्ता रहँदै आएका डा. येङ्दे अफ्रिकाको University of Witwatersrand, Johannesburg बाट विद्यावारिधि गर्ने पहिलो भारतीय दलित हुन् ।

कार्यक्रममा अभियन्ता डा. येङ्देले  कतिपय मानिसहरु आरक्षणको विरोध गरिरहेको भन्दै आरक्षण नै हटाइदिए तल्लो तहको मान्छे अझै पछि पर्ने बताए। उनले समानता भएकै दिन दलित आफैले आरक्षण छोड्ने दाबी पनि गरे। ‘तपाईंले दलितलाई दोस्रो तहका मानिसका रूपमा, आफूभन्दा भिन्न वा अन्यका रूपमा व्यवहार गर्ने काम नटुङ्ग्याएसम्म आरक्षण जारी रहन्छ। यस विषयमा धेरै टाउको दुखाउनै पदैन। समानता कायम भएको दिन दलित आफैँले आरक्षणलाई छाड्नेछन्’ येङ्देले भने।

अभियन्ता डा. येङ्देले आरक्षण अन्त्य गर्न हरेक जातिको जनसंख्याका आधारमा सिट निश्चित हुनुपर्ने बताए। ‘हामी आरक्षण अन्त्य गर्नै चाहान्छौँ भने सबै जातजातिका लागि समानुपातिक सिट विभाजन गरौँ न त। बाहुनको जनसङ्ख्या १२ प्रतिशत भए, त्यति नै सिट दिऔँ। हरेक समुदायलाई आ–आफ्नो आकार अनुसार प्रतिनिधित्व गर्न दिऔँ । ’

कार्यक्रममा टिप्पणीकर्ताका रुपमा लेखक तथा स्तम्भकार उज्ज्वल प्रसाई समाजमा उच्चजातीय अहंकारवादी सोच हावी भएका बाहुनहरुको तहगत विभाजनका कारणले जात व्यवस्थालाई बालियोसँग गाँजेको टिप्पणी गरे । जतिवेलासम्म परिवारभित्रबाटै जात व्यस्थाको अन्त्यको पहल हुँदैन तब सम्म दलित समुदायमाथिको उत्पीडन अन्त्य हुन नसक्ने बताउँदै प्रसाईले बाहुनवादले मुलुक ध्वस्त पारेको दावी गरे ।

लेखक तथा सामाजिक अभियन्ता सरिता परियारले  जात व्यवस्थाले नेपाली समाजलाई थिलोथिलो बनाइराख्दा समेत जात व्यवस्थाको गम्भिर विषयमा प्राज्ञिक क्षेत्रबाट डिस्कोर्ष हुनै नसक्नु निकै विडम्बना रहेको बताइन् । हजारौं वर्षदेखि विभेदको चपेटा हुँर्किएका दलित समुदायहरु आत्मसम्मान सहित सम्मानपूर्वक बाँच्न पाउने संघर्षमै तल्लिन रहेको परियारले बताइन् ।

दलित अधिकार अभियन्ता डा. सुरज येङ्देकाे  पुस्तक ‘कास्ट म्याटर्स’ काे साेही कार्यक्रममा विमोचन भएको छ ।

दलित तथा सीमान्तकृत समुदायको अध्ययन अनुसन्धान गरी नीतिगत पैरवीमार्फत सबै प्रकारका जातीय विभेद अन्त्य गर्नलाई समता फाउण्डेशन  क्रियाशील छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank