काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) का अलाग दुई कमिटीबीच विभाजन भएको चार वर्षपछि एकता घोषणा गरिएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अलाग दुई कमिटीबीच विभाजन भएको चार वर्षपछि आइतबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा संघको एकता घोषणा गरिएको हो।
एनआरएनएका अध्यक्षद्वय बद्री केसी र महेश श्रेष्ठको समूहबीच एकता घोषणा भएपछि आगामी महाधिवेशनका लागि विभिन्न समिति पनि गठन गरिएको छ। एकतापछि हुने फेब्रुअरी महिनाभित्र १२ औं महाधिवेशन हुने भनिएको छ। महाधिवेशन तयारीका लागि ११ सदस्यीय स्टेरिङ कमिटी बन्ने र निर्वाचन र मोनिटरिङ समिति बन्ने सहमति पनि भएको छ।
_BQQvOkuXtk.gif)
महाधिवेशनसम्म डा. बद्री केसी र महेश श्रेष्ठको संयुक्त नेतृत्व रहने सहमती भएको छ । पूर्व सबै कार्य समितिहरूका अभिलेख राखिने सहमती पनि बनेको छ। १२ औं महाधिवेशनमा सहमतिमा नेतृत्व चयन गर्ने प्रयास गरिने जनाइएको छ।
एनआरएनएमा २०७८ देखि फुटको सुरूवात भएको थियो। त्यतिबेला १० औं महाधिवेशन विधानसम्मत नभएको भन्दै पूर्वअध्यक्ष शेष घले अदालत गएको थियो । सर्वोच्चले पनि घलेको नेतृत्वमा उच्चस्तरीय समिति गठन गर्न आदेश दियो।
त्यसमा सर्वोच्चले घलेको नेतृत्वमा एकताको महाधिवेशन गर्नुपर्ने जिम्मेवारी दिएको थियो। फैसला आइसक्दा११ औं महाधिवेशनबाट बद्री केसी निर्वाचित भएका थिए। सर्वोच्चको फैसला आएपछि परराष्ट्र मन्त्रालयले आफ्ना गतिविधि नगर्नू भनेर एनआरएनएको ११औं महाधिवेशनबाट निर्वाचित बद्री केसी नेतृत्वको कार्यसमितिलाई पत्र समेत लेखेको थियो। उक्त पत्रविरूद्ध केसी नेतृत्वको कार्यसमिति फेरि सर्वोच्च गयो।
सर्वोच्चले पुनः २०८१ साउनमा केसी नेतृत्वको कार्यसमितिलाई काम गर्न बाधा नपर्ने भनेर फैसला सुनायो । घले नेतृत्वको उच्चस्तरीय समितिले गत वैशाखमा गरेको एकता महाधिवेशनबाट महेश श्रेष्ठ निर्विरोध रूपमा एनआरएनए अध्यक्ष निर्वाचित भएका थिए।


























Leave a Reply