काठमाडौँ — श्रीलंकामा ‘दितवा’ नामको तूफानका कारण भिषण वर्षासँगै आएको बाढीपहिरोबाट कम्तिमा १३२ जनाको मृत्यु भएको छ । १७६ जना बेपत्ता छन् ।
यो प्राकृतिक विपत्तीपछि राष्ट्रपति अनुरा कुमारा दिशानायकेले आपतकाल घोषणा गर्दै अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेका छन् । श्रीलंका सरकारले विदेशमा रहेका आफ्ना नागरिकहरुलाई स्वदेश पैसा पठाउन आह्वान गरेको छ ।_BQQvOkuXtk.gif)
श्रीलंकामा पछिल्ला आठ वर्षमा आएको सबैभन्दा ठूलो प्राकृतिक विपत्ति हो । यसअघि २०१७ मा आएको बाढी–पहिरोमा परी २०० जनाको मृत्यु भएको थियो भने लाखौं मानिस बेघर भएका थिए । श्रीलंका विपद् व्यवस्थापन विभागका महानिर्देशक सम्पत कुतोवेगोदाले भनेका छन्, ‘हाम्रोमा १३२ जनाको मृत्युको पुष्टि भएको छ भने १७६ जना बेपत्ता छन् । राहत तथा उद्धारका काममा सेना, वायुसेना र नौसेनाको सहारा लिइएको छ ।’
मध्य श्रीलंकामा पर्ने बादुल्ला जिल्ला सडक सम्पर्क विच्छेद भएको छ, जसका कारण धेरै ग्रामीण बस्तीसम्म राहत सामग्री पुर्याउन समस्या भइरहेको छ ।


























Leave a Reply