नेपाली कांग्रेसले निर्वाचनका लागि गरायो दल दर्ता

दलित अनलाइन मंसिर ७, २०८२

काठमाडौँ — नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि आइतबार दल दर्ता गराएको छ।  आइतबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्वाचन आयोग पुगेर दल दर्ता गराएका हुन्।

Shivam Cement

शनिबार बसेको कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकले  निर्वाचनका लागि दल दर्ता गर्ने निर्णय लिएको थियो। आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा भइसकेको छ।

त्यसअघि माघ ११ गते राष्ट्रियसभाको निर्वाचन हुँदै छ । निर्वाचन आयोगले दुवै निर्वाचनका लागि कात्र्तिक २८ गते नै दल दर्ताका लागि आह्वान गरिसकेको छ। आयोगले मंसिर १ देखि १० गतेसम्म राष्टिय सभाका लागि र मंसिर १ देखि ७ गतेसम्म दल दर्ताका लागि समय दिएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank