नेसनल भोलेन्टियर फोर्स गठनको घोषणाबाट कोही आत्तिनुपर्दैन, कोही तर्सिनुपर्दैन : ओली

दलित अनलाइन मंसिर ५, २०८२

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेसनल भोलेन्टियर फोर्स गठनको घोषणा गर्दै कोही आत्तिनु नपर्ने बताएका छन्।

भोलेन्टियर फोर्स घोषणा सभालाई कार्की बैंकेटमा सम्बोधन गर्दै ओलीले राष्ट्र हितको लागि काम गर्न गठन भएको बताए।

Shivam Cement

अध्यक्ष अ‍ेलीले भने, ‘यो राष्ट्रिय हितका लागि गठन भएको हो । एमालेसँग असहमति राख्ने अथवा यो संगठनसँग असहमति गर्नेका लागि पनि जिउधनको रक्षा गर्ने कामको लागि यो गठन भएको हो । यसको गठन र विकाससँग कोही पनि आत्तिनुपर्दैन, तर्सिनुपर्दैन ।’

उनले देशमा शान्ति सुरक्षाको लागि फोर्स गठन गरिएको पनि बताए । अ‍ेलीले राज्य संयन्त्रले मात्रै जनताको जिउधनको रक्षा गर्न नसकेको कुा आफूहरूले भोगेको पनि बताए।

एमालेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ को केन्द्रीय कमाण्डर प्रमुखमा पुष्पराज श्रेष्ठलाई तोकिएको छ । कार्यक्रममा एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले ११ सदस्यीय केन्द्रीय कमाण्डर घोषणा गरेका गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank