जेनजी मधेसले भन्योः सिमरा घटना एमालेको सुनियोजित षड्यन्त्र

दलित अनलाइन मंसिर ३, २०८२

काठमाडौँ —  जेनजी मधेसले सिमरामा भएको घटना एमालेले नै गराएको आरोप लगाएको छ। मधेस संयोजक शिव यादवले जेनजी बारा समितिले एमालेको कार्यक्रममा हस्तक्षेप गरेको नभइ जेनजीले आयोजना गरेको कार्यक्रममा एमालेद्वारा परिचालित गुण्डाहरूले आक्रमण गरेको बताए।

उनले एमाले कार्यकर्ताले जेनजी बारा संयोजक सम्राट उपाध्याय लगायतलाई कुटपिट गरेका दाबी गरे। उनले भने, ‘एमालेको कार्यक्रम परवानीपुरमा थियो। तर, एमालेका गुन्डाहरू सिमरामा आएर जेनजी साथीहरूको अपमान गर्ने, दुर्ववहार गर्ने र कुटपिट गर्ने काम गरेको तथ्य स्पष्ट हुँदाहुँदै पनि कतिपयले गलत सूचना प्रवाह गर्ने प्रयास गरेका छन्, जुन अत्यन्त भ्रामक, पूर्वाग्रही र आन्दोलनलाई बदनाम गर्न गरिएको दुष्प्रयास हो।’

उनले सिमरा घटनामा संलग्न एमालेका कार्यकर्ताहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न र एमाले नेता महेश बस्नेतलाई मधेस प्रवेशमा रोक लगाउन सरकारसँग माग गरे।

उनले भने, ‘आजको घटनाका मुख्य योजनाकार महेश बस्नेतलाई मधेश निषेधको व्यवस्था मिलाउन सरकारसँग माग गर्दछु। मधेसमा एमालेले पछिल्लो समय लगातार उक्साहटपूर्ण र तनाव सिर्जना गर्ने गतिविधि गर्दै आएको छ। यसले मधेशको शान्ति सुरक्षामै खलल पुर्‍याएको छ। यस विषयमा संवेदनशीलता अपनाउँदै कडा कदम चाल्न राज्य र राज्यका संयन्त्रलाई म अनुरोध गर्न चाहन्छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank