काठमाडौं – नेकपा एमालेले संसद् पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्णय गरेको छ। विघटित संसदको संसदीय दलको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको दलका तत्कालीन प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
‘संविधानविपरीत नियुक्त प्रधानमन्त्रीले शपथलगत्तै मन्त्रिपरिषद्को गठनसम्म नगरी एकल रुपमा हठात प्रतिनिधिसभा विघटन गरिएको कार्य, नेपालको संविधानको मर्म र भावनाविपरीत हुनुका साथै संविधानवाद, विधिको शासन, लोकतन्त्र र जनतामा निहित सार्वभौम सत्ताको अवधारणाविपरीत भएकाले नेकपा एमाले संसदीय दल (असंवैधानीक रुपमा विघटित प्रतिनिधिसभा)को यस बैंठक प्रधानमन्त्रीको नियुक्ति र प्रतिनिधिसभा विघटन गर्ने कदम संविधान र लोकतन्त्रविपरीत रहेको ठहर गर्दछ।

साथै यस बैठक उक्त संविधानविपरीत र लोकतन्त्रविरोधी कदम सच्चाउन प्रतिनिधिसभाको पुनर्स्थापनाका लागि सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्ने निर्णय गर्दछ,’ बैठकको निर्णयमा भनिएको छ।
बैठकले रिट दर्ताका लागि सम्पूर्ण अख्तियारी तत्कालीन प्रमुख सचेतक बर्तौला र सचेतक सुनिता बराललाई दिएको छ। बैठकले मुलुकको संवैधानिक निकासका लागि सम्पूर्ण राजनीतिक दल, नागरिक समाजसहित सबैलाई संसद् पुनर्स्थापनाका पक्षमा उभिन अपिल पनि गरेको छ।


























Leave a Reply