वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार छैन : ओली

दलित अनलाइन कार्तिक ३०, २०८२

काठमाडौँ — एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान अन्तरिम सरकारलाई निर्वाचन गराउने अधिकार नरहेको बताएका छन्।

भक्तपुरको गुन्डुस्थित निवासमा आइतबार प्रेस चौतारीका प्रतिनिधिसँग भएको भेटका ओलीले यस्तो दाबी गरेका हुन्। ओलीले देशको सबैभन्दा ठूलो र मजबुत पार्टी निर्वाचनबाट कहिल्यै नभाग्ने पनि बताए।

Shivam Cement

जेनजी आन्दोलनका नाममा हतियार लुटिएको र धेरै कैदीबन्दी फरार रहेको समयमा निर्वाचन हुन नसक्ने उनको दाबी छ । उनले विघटित प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्नुपर्ने भनाई पनि राखे।

ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई समात्नु नै सुशासन हो भन्ने सोचिरहेको पनि बताए। सरकारले ‘बिनापैसाको नाटक’ देखाइरहेकोसमेत बताए।

जेनजीले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको मागपत्र कसले, कहाँ ‘ड्राफ्ट’ गरेको भन्ने समेत आफूलाई जानकारी रहेको दाबी पनि उनले गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank