सिरहा– स्कूल व्यवस्थापनको अध्यक्षमा दलित महिला चुनिएपछि गैरदलितद्धारा लगाएको श्री आधारभूत विद्यालयको ताला प्रमुख जिल्ला अधिकारीको निर्देशन र गाउँका अगुवासहित उपस्थितिमा खोलिएको छ ।
अध्यक्षमा दलित महिला निर्वाचित भएपछि गैर दलितहरुले लगाए स्कुलमा ताला भन्ने र्शिषकमा दलित अनलाईन डटकमलले दुई हप्ता अघिबाट बन्द गरेको स्कूलको समाचार श्रावण १७ गते प्रकाशित गरेपछि जिल्ला प्रशासन कार्यालयले छलफल चलाएर निर्देशन दिएका हुन् ।
सिरहाको अगुवाईहरु र जनप्रतिनिधिहरुको उपस्थितिमै स्कुलमा लगाएको ताल्चा बुधबार खोलिएको हो । मंगलबार मिर्चैया नगरपालिकामा जिल्ला प्रशासन कार्यालय सिरहाका जिल्ला प्रमुख अधिकारी, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख , ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख, मिर्चैया नगरपालिकाका श्रवण यादव, स्कुलका प्रधानाध्यापक र भवानी महराबीच छलफल गरि ताल्चा खोलेर स्कुल संचालन गर्ने भनि प्रमुख जिल्ला प्रदिपराज कणेलको सबैको सहमतिबाट स्कूलक खुल्न सकेको बताए । ‘दलित महिलाई अपमानित गर्ने गरी गाउँहरुले अध्यक्षमा चुनेपछि लगाएको ताला सबैको सहमातिबाटै खोलिएको छ, अबको दिनमा यस्तो हुँदैन् ।’
आफु स्कूल व्यवस्थापन समितिको अध्यक्षमा सर्वसहमतिबाट चुनिएपछि जातीय आधारमै अस्वीकार गदै गैरदलितहरुले ताला लगाएको भन्दै अध्यक्ष चन्दाभवानी महराले दलित अनलाईन डटकमसँग बताएकी थिइन् । समाचारकै कारण प्रमुख जिल्ला अधिकारीसहित सरोकारवाला निकायहरुको गम्भिर ध्यानआर्कषण भएको भन्दै दलित अनलाईन डटकमलाई हार्दिक धन्यवाद दिइन् । मधेशमा छुवाछूत चरम छ, विभेदविरुद्ध एकजुट भएर बोल्नु नै न्यायको लडाईमा समुदायको विजय हो,’ उनले भनिन्,‘ सिडियोसाप सबैपक्षलाई बोलाएर छलफल गरेपछि अबका दिनहरुमा स्कूलमाथि विभेद नगर्ने गरी स्कूल खुलेको हो । ’
याे पनि
http://dalitonline.com/archives/9235
Leave a Reply