कारवाहीमा परेका मधेसका ५ सांसदले मागे एक वर्षको हाजिरी ‘रेकर्ड’

दलित अनलाइन कार्तिक २८, २०८२

काठमाडौँ —   कारबाहीमा परेका मधेस प्रदेशका पाँचजना सांसदले हाजिरी रेकर्ड माग गरेका छन्। लगातार १० वटा बैठकमा अनुपस्थित भएको भन्दै मधेशका सभामुख रामचन्द्र मण्डललेजनता समाजवादी पार्टी नेपालका सांसदहरु मनिष कुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन साह कलवार, शारदाशंकर प्रसाद कलवार र नागरिक उन्मुक्ति पार्टीकी सांसद् उर्मिलादेवी सिंहलाई पदमुक्त गरेका थिए।

Shivam Cement

यिनै सांसदले आफूलाई पूर्वाग्राही ढंगले सभामुखले हटाएको दाबी गर्दै एक वर्षसम्मको हाजिर रेकर्ड माग गरेका छन्।  मधेशका सभामुख मण्डलविरुद्ध बिहीबार अविश्वासको प्रस्ताव दर्ता भएको थियो। पदमुक्त गरिएका सांसदहरुको तर्फबाट सञ्जयकुमार यादव र उर्मिलादेवी सिंहले हाजिरी रेकर्ड र अन्य कागजात माग गर्दै शुक्रबार मधेस प्रदेशको सचिवालयमा निवेदन दिएका छन्।

उनीहरुले आफू हरेक बैठकमा उपस्थित भएपनि पूर्वाग्राही तबरले कारवाही गरिएको बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank