नेपालको आर्थिक वृद्धि सुस्त हुने विश्व बैंकको प्रक्षेपण

दलित अनलाइन कार्तिक २७, २०८२

काठमाडौँ —  विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरेको छ। विश्व बैकले २०२५ मा नेपालको आर्थिक वृद्धि ४.६ प्रतिशत हुने प्रक्षेपण गरेकोमा २०२६ मा घटेर २.१ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ।

जेनजी आन्दोलन र त्यसपछिको राजनैतिक अस्थिरताको प्रभावले आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरिएको हो।

Shivam Cement

विश्व बैंकका अनुसार आर्थिक वर्ष २०२७ मा भने पुनर्निर्माण प्रयास भई आर्थिक वृद्धिदर ४.७ प्रतिशत पुग्ने अनुमान छ। आज सार्वजनिक भएको नेपाल डेभलपमेन्ट अपडेट प्रतिवेदन अनुसार सबैभन्दा बढी सेवा क्षेत्र प्रभावित हुने प्रक्षेपण गरिएको छ।

यस्तै, निरन्तरको अनिश्चितताले लगानीकर्तालाई निरुत्साहित गर्नसक्ने पनि अनुमान समेत विश्व बैंकले गरेको छ। नेपालको आर्थिक वृद्धिदर सुधार, रोजगारी सिर्जना तथा सम्पूर्ण नेपालीको समृद्धिका लागि सार्वजनिक लगानी बढाउनुपर्ने सुझाव माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका डिभिजन डाइरेक्टर डेभिड सिस्लेनले दिएका छन्।

परियोजनाहरू निर्माण र बजेटिङको सुदृढीकरण गर्ने, जग्गा अधिग्रहण र रुख कटान जग्गा अधिग्रहण र रूख कटान प्रक्रियालाई सुव्यवस्थित गर्ने, रकम व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, सार्वजनिक खरिद ऐन तथा नियमावलीमा संसोधन गर्नेलगायतका विषयलाई प्राथमिकता दिँदा परियोजनाहरूलाई तीव्र रूपमा सम्पन्न गर्न मद्दत मिल्ने डिभिजन डाइरेक्टर सिस्लेनको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank