मधेश प्रदेशकी प्रमुख भण्डारीलाई पदमुक्त

दलित अनलाइन कार्तिक २४, २०८२

काठमाडौँ —सरकारले मधेस प्रदेसका प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गरेको छ। उनको ठाउँमा सरकारले डा. सुरेन्द्र लाभलाई प्रदेस प्रमुखका रुपमा सिफारिस गरेको छ।

मधेसमा राजनीतिक संकट भइरहेका बेला भण्डारीले एउटा होटलमा पुगेर एमालेका सांसद सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। वर्दिवासको होटल पानसमा उनले आइतबार बिहान ४ बजेतिर यादवलाई नियुक्तिपत्र दिँदै त्यहिँ सपथ खुवाएकी थिइन्।

त्यसपछि उनी काठमाडौं पुगिन्। जनकपुरबाट उनी उपचारका लागि भन्दै काठमाडौं हिँडेकी थिइन्। बीचबाटोमै उनले मुख्यमन्त्रीलाई सपथसमेत खुवाइन्।

Shivam Cement

रातभरि मधेश प्रदेशस्थित मधेश भवनमा पछिल्लो समय लोसपाको नेतृत्वमा ५ दलिय गठबन्धन बनेकोमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाउँदै मुख्यमन्त्री पदमा दाबी पेस गर्न कसरत गरिरहेका थिए।

बिहान प्रदेश प्रमुख भण्डारीले आफूलाई सन्चो नभएको भनेर काठमाडौं जान लागेको सूचना दिएका थिइन्।

नयाँ प्रदेस प्रमुखमा सिफारिस भएका लाभ मधेस मामलाका जानकार हुन्। जनकपुर निवासी उनी उनले अर्थशास्त्रमा पीएचडी गरेका छन् । उनी २०७८ सालमा राष्ट्रिय योजना आयोगका सदस्यसमेत भएका थिए। उनले लामो समय जनकपुरस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पस(राराव) मा पनि लामो समय प्राध्यापन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank