कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

दलित अनलाइन कार्तिक २२, २०८२

काठमाडाैं — नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको शनिबार बिहान निधन भएको छ। उच्चरक्तचाप, सुगर लगायत स्वास्थ्यमा समस्या देखिएपछि आलमलाई एक महिना अघि देखि अस्पतालमा भर्ना गरिएको थियो।

काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचाररत आलमलाई केहि दिन देखि भेन्टिलेटरमा राखिएको थियो । उनको उपचारका क्रममा शनिबार बिहान निधन भएको कांग्रेस नेता देव प्रसाद तिमल्सिनाले बताए । आलमको पार्थिव शरीरलाई काठमाडौँबाट रौतहट ल्याउने तयारी भएको उनले जानकारी दिए।

Shivam Cement

आलमका दुई छोरा र एक छोरी छन्। जेठो डा. फिरदोस र कान्छो डा. राजिक हुन्। राजिक अहिले राजपुर नगरपालिकाका नगर प्रमुख छन् । आलमका छोरा डा. राजीक आलमका अनुसार बुबाको उपचारका लागी केहि महिना अघि भारतको दिल्लीस्थित एम्स अस्पतालमा लगिएको भएपनि घरमा नै पुनः फर्काइएको हो।

एम्स अस्पतालबाट फर्किएपछि केएमसीमा उपचार जारी रहँदै गर्दा आज बिहान निधन भएको उनले जानकारी दिए।

२०५६ र २०६४ सालमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा चुनाव जितेका आलम श्रम राज्यमन्त्री, वन राज्यमन्त्री, स्थानीय विकास राज्यमन्त्री र भूमिसुधार मन्त्री बनिसकेका थिए।

कांग्रेसभित्र मधेसी–मुस्लिम समुदायको संगठित नेतृत्व निर्माण गर्ने मुख्य पात्रको रूपमा परिचित आलम २०६४ सालको संविधानसभा चुनावको पूर्वसन्ध्यामा राजपुरमा भएको बम विस्फोट आरोपमा करिब ६ वर्ष जेलमा रहे।

गत जेठमा उच्च अदालतले आदेश दिँदै उनीसहित केही आरोपीहरूलाई रिहा गरेको थियो। सो मुद्दाको अन्तिम टुंगो भने अझै लागिसकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank