७ दिनभित्र भाडा नतिरे सम्पत्ति जफत गर्ने खड्का ल्यान्डलाई स्काउटको चेतावनी

दलित अनलाइन कार्तिक २०, २०८२

काठमाडाैं —  नेपाल स्काउटले पूर्व उर्जामन्त्री दिपक खड्का सञ्चालक रहेको कम्पनी खड्का ल्यान्ड प्रालिले सात दिनभित्र जग्गाको भाडा नतिरेमा उसले त्यहाँ बनाएका भौतिक संरचना जफत गर्ने चेतावनी दिएको छ।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको निर्देशनमा स्काउटले बिहीबार सावर्जनिक सुचना जारी गर्दै खड्काको कम्पनीलाई यस्तो चेतावनी दिएको हो।

तोकिएको समयावधि भित्र जग्गा भाडा बापतको रकम बुझाउन नआएमा कामपा वडा नं २६ लैनचौरस्थित कित्ता नंम्बर १० मा स्काउटको जग्गामा बनेको भवन र सरसामान जफत गरिने सुचनामा मार्फत जनाइएको छ।

Shivam Cement

साथै उक्त भौतिक संचरनाबाट पनि भाडा बापतको रकम असुलउपर हुन नआएमा घर गग्गा तथा अन्य जायजेथबाट समेत असुल उपर गर्ने चेतावनी स्काउटले दिएको छ।

‘सात दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान गरिएको छ। उक्त समयावधिभित्र बहाल तिर्न नआए नेपाल स्काउट र खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिबीच भएको सम्झौताको बुँदा ४ बमोजिम र मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद १२ दफा ६१९, ६२० (४) र ६२१ बमोजिम जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरू जफत गरिने र उक्त जफतबाट समेत नपुग हुन आउने रकम घरजग्गा वा जायजेथाबाट असुल–उपर गर्ने व्यहोरा समेत सूचित गरिन्छ,’ सूचनामा भनिएको छ।

कामपा साविक वडा नं २९ र हाल वडा नं २६ लैनचौरस्थित कित्ता नं १० को खानी विभागसँग सीमाना जोडिएको ३ रोपनी रैकर जग्गा भोगचलनका सम्बन्धमा स्काउट र खड्का ल्यान्डका बिच २०६५ सालमा १० वर्षका लागि सम्झौता भएको थियो। २०७५ मा सम्झौता अवधि सकिएको थियो।

स्काउटले सम्झौता अवधि सकिएको भन्दै खड्काको कम्पनीलाई जग्गा छाड्न भनेपनि उसले अटेरी गर्दै आएका थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank