प्रचण्डको गुनासो : प्रधानमन्त्रीले शीर्ष नेतालाई भेट्न नचाहनु अनुचित

दलित अनलाइन कार्तिक १९, २०८२

काठमाडाैं — नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख दलका प्रमुख नेताहरुसँग भेट्ने इच्छा नभएको भनेर दिएको अभिव्यक्तिप्रति दुःखेसो पोखेका छन् ।

Shivam Cement

हालै सम्पादकहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री कार्कीले जेनजी अगुवाहरुको दबाबको कारण आफूले कांग्रेस, एमाले र माओवादीका नेतृत्वलाई भेट्न नचाहेको स्पष्ट पारेकी थिईन् । त्यही विषयमा प्रचण्डले आज गुनासो पोखेका हुन् । नेकपाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सो क्रममा उनले आफूले जेनजीको भावना अनुसार कार्कीलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको पनि दाबी गरे । सुशीलालाई प्रधानमन्त्री बनाउन र अहिलेको संविधान जोगाउनको लागि आफूले सक्रिय भूमिका खेलेको स्मरण गराउँदै उनले अहिले शीर्ष नेतालाई भेट्न नचाहेको कुराले मनमा चसक्क भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank