भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अघि बढेको छः शंकर पोखरेल

दलित अनलाइन कार्तिक १७, २०८२

काठमाडाैं — नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अगाडि बढाएको बताएका छन्।

सोमबार नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा आयोजित संवाद कार्यक्रममा उनले भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ लगेको र संविधानलाई घाइते बनाएको भन्दै यस्तो अवस्थामा मुलुकलाई संविधान तर्फ फर्काउनु पर्ने आवश्यकता रहेको बताए।

‘भदौ २३ र २४ को घटनापछि मुलुक अग्रगमनमा होईन्, पश्चगमन र प्रतिगमनतर्फ अगाडि बढेको छ। जनताले लामो संघर्षबाट प्राप्त गरेको सार्वभौम सत्तामा आधारित संविधान घाइते भएको छ,’ उनले भने, ‘जनताबाट निर्वाचित जनप्रतिनिधि अंग प्रतिनिधि सभा विघटन भएको छ। यो दुवै काम हाम्रो पार्टी अनुसार भन्ने हो भने असंवैधानिक छ । यस्तो अवस्थामा मुलुकलाई संविधान तर्फ फर्काउनु पर्ने आवश्यकता छ।’

यस्तै, उनले वर्तमान सरकारले संवैधानिक परिषद्मा उत्तिर्ण भएपछि मात्रै अन्य कार्यभारहरु पूरा गर्न सक्ने भन्दै संवैधानिक परिषद्मा यो सरकार खरो सावित हुन सम्भव नरहेको पार्टीको मान्यता रहेको पनि बताए।

Shivam Cement

‘जनताबाट निर्वाचित बहुमत प्राप्त सरकारले विघटन गर्दा पनि विघटन गर्न पाइदैँन् भन्ने सर्वोच्च अदालतले जनताले चिन्दै नचिनेको प्रतिनिधि सभाले नचिनेको, संविधानले नचिनेको सरकारले गरेको विघटनलाई सदर गर्ला भन्ने हामी ठान्दैनौ, त्यस अर्थमा यो सरकार सबैभन्दा पहिला संवैधानिक परिषद्मा उत्तिर्ण भएपछि मात्रै अन्य कार्यभारहरु पूरा गर्न सक्छ । संवैधानिक परिषद्मा यो सरकार खरो सावित हुन सम्भव छैन् भन्ने हाम्रो पार्टीको मान्यता रहेको छ,’ उनले भने।

साथै, जेनजी आन्दोलनमा भएको तोडफोडहरू युवाहरुहरुको आन्दोलनको उद्देश्य नभएको भन्दै सुनियोजित तरिकाले युवाहरुलाई परिचालन गर्ने कामहरुको पहिचान गरेर कारबाही गर्नुपर्ने उनको भनाई छ।

‘जेनजी आन्दोलनमा जुन तोडफोडहरु भयो त्यो युवाहरुले गर्न सक्छन् कि सक्दैँनन् त्यो उनीहरुको आन्दोलनको विषय थियो कि थिएन भनेर हेर्ने हो भने यस्तो प्रकारको घटना उनीहरुको आन्दोलनको विषय थिएन र उनीहरुले यस्तो काम गर्न सक्दैँनन्न भन्ने हाम्रो मान्यता हो,’ उनले भने, ‘यस अर्थमा जसले त्यो काम गरेको हो, तिनीहरु अपराधी हुन् भन्ने कुरा बुझ्नु पर्छ। जसले सुनियोजित तरिकाले युवाहरुलाई परिचालन गर्ने काम गरे तिनीहरुको पहिचान गरेर कारबाही गर्नुपर्छ भन्ने पनि हाम्रो पार्टीको मान्यता हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank