रोल्वालिङ क्षेत्रमा हिमपहिरो : ५ विदेशीसहित ७ जनाको मृत्यु

दलित अनलाइन कार्तिक १७, २०८२

दोलखा—  दोलखाकको  गौरीशङ्कर गाउँपालिका–९ स्थित गौरीशङ्कर तथा  रोल्वालिङ हिमशृङ्खला आरोहणका लागि गएका ५ विदेशीसहित ७ जनाको हिम पहिरोमा परेर मृत्यु भएको छ ।

सशस्त्र प्रहरीका अनुसार रोल्वालिङ क्षेत्रमा रहेको यलुङरी हिमालको आधारशिविर नजिकै आज बिहान गएको हिम पहिरोमा परेर उनीहरुको मृत्यु भएको हो । सो घटनामा ५ जना घाइते भएको जनाइएको छ ।

हिमपहिराेमा परेर ७ जनाको मृत्यु भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले सोमबार साँझ पुष्टि गरे । मृतककाे सनाखत भइनसकेकाे उनले बताए ।

वडाध्यक्ष निमगेली शेर्पाका अनुसार बिहानैदेखि उद्धारका लागि आग्रह गरिए पनि प्रशासनले ढिलाइ गरेको बताइएको छ । उनका अनुसार रोल्वालिङ क्षेत्र प्रतिबन्धित क्षेत्रमा पर्ने भएकाले हेलिकप्टर उडानका लागि अनुमति लिन ढिलाइ हुँदा उद्धारमा समस्या भएको हो ।

Shivam Cement

अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलतर्फ गएको समेत उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank