काठमाडाैं — नेकपा एमालेको सचिवालय बैठकले मंसिरमा हुन लागेको ११औँ महाधिवेशन स्थल परिवर्तन गरेको छ।
शनिबार गुण्डुमा बसेको सचिवालय बैठकले मंसिरमा हुने महाधिवेशन अब काठमाडौंमै गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
‘नेकपा एमालेको सचिवालय बैठकले मुख्यतया तीनवटा महत्वपूर्ण निर्णयहरु गरेको छ । पहिलो एजेण्डा चाँही पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर २७ गतेदेखि २९ सम्म गर्ने निर्णय गरिसकेको छ,’ उनले बैठकपछि सञ्चारकर्मीहरुलाई जानकारी दिँदै भने, ‘यो निर्णयलाई थप जोड दिँदै केन्द्रीय सचिवालयको बैठकले महाधिवेशनको स्थल भने परिवर्तन गरेको छ। अब ११औँ महाधिवेशन पोखराको सट्टामा काठमाडौंमा आयोजना गरिनेछ।’
_UAliKuUxWq.gif)
यसअघि एमालेले महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो । उपमहासचिव ज्ञवालीले ६ लाख ६७ हजार ६३० पार्टी सदस्यबाट विभिन्न अनुपातमा प्रतिनिधि चयन गरिने बताए।
उनले प्रतिनिधि चयन मंसिर १३ गते शनिबार देशभर एकै दिन हुने बताए । प्रतिनिधिको विवरण मंसिर १५ गते साँझसम्म केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने उनले बताए।


























Leave a Reply