दलित समुदायको घर तोडफोड गर्ने वडाध्यक्षलगायतमाथि अदालतबाट म्याद थप

दलित अनलाइन अशोज २१, २०८२

काठमाण्डौ  — सिरहाको कल्याणपुर नगरपालिका-८ अरङमा दलित समुदायको घर तोडफोड गर्ने वडाध्यक्ष रामकिशोर यादवलगायत थप दुई जनालाई अदालतबाट म्याद थप भएको छ ।

सिरहा जिल्ला अदालतले  दलित समुदायको घर तोडफोड गर्ने वडाध्यक्ष रामकिशोर यादवलगायत थप तीन जनालाई अनुसन्धानका लागि  म्याद थप गरेको हो ।

सिरहा जिल्ला अदालतले वडाध्यक्ष रामकिशोर यादवमाथि ६ दिन र कैलाश सिंह तथा गणेश कामतीमाथि ७ दिनको म्याद दिएको इलाका प्रहरी कार्यालय, मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक राजेशराज पुरीले जानकारी दिए ।

प्रहरीले आरोपीमध्येका कल्याणपुर-९ का मनोजकुमार यादवलाई पनि मंगलबार अपराह्न पक्राउ गरेको छ । उनलाई बुधबार म्याद थपका लागि अदालत लगिने डीएसपी पुरीले जनाए ।

यस घटनामा १३ जनामाथि आपराधिक उपद्रव मुद्दा दर्ता भएको छ । जसमध्ये चार जनालाई प्रहरीले पक्राउ गरे पनि मुख्य आरोपी प्रभास सिंहसहित ९ जना अझै फरार छन् । उनीहरूको खोजतलास भइरहेको छ ।

गत शुक्रबार उनीहरूले दिउँसो अरङस्थित सार्वजनिक पोखरीको डिलमा बसोबास गर्दै आएका दलित समुदायका स्थानीय राजकुमार पासवान, रासलाल पासवान, अशोक पासवान, बिन्दे पासवान र सोभित पासवानको घरमा तोडफोड गर्दै लुटपाट मच्चाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank