वर्षा कम भए पनि केही जिल्लामा बाढीको जोखिम

दलित अनलाइन अशोज २०, २०८२

काठमाण्डौ  —   वर्षा कम भए पनि केही जिल्लामा बाढीको जोखिम देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज इलाम, झापा, हुम्ला, दार्चुला र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम छ ।

साथै संखुवासभा, सुनसरी, मुगु, डोटी, बझाङ, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको पनि बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, बबई र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तलै छ । दिउँसो सामान्य घटबढ हुने सम्भावना छ ।

यसैबीच देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखका अनुसार आज दिउँसो कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति कर्णाली  र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका भू–भागका थोरै ठाउँहरुमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाण्डौ उपत्यकासहितका केही ठाउँमा बिहानैदेखि घाम लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank