काठमाडौं— डा.बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्ष छाडेका छन्। पार्टीको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा भट्टराईले अध्यक्षबाटा राजीनामा दिएको घोषणा गरे।

बैठकमा अध्यक्ष भट्टराईले ‘जेन–जी विद्रोह र वैकल्पिक राजनीतिक कार्यभार’ विषयक राजनीतिक प्रतिवेदन प्रश्तुत गरेका थिए। अहिले उक्त प्रतिवेदनमा छलफल चलिरहेको छ।
पार्टी उपाध्यक्ष मानुषी यमी भट्टराईले अध्यक्ष बाबुराम भट्टराईले पद त्याग्ने प्रस्ताव गरेको बताइन्। बैठकले केन्द्रीय समिति भंग गरेर फागुनमा विशेष महाधिवेशनमा जाने निर्णय गरेको छ भने, महाधिवेशनका लागि आयोजक कमिटी पनि गठन गरिएको छ।
आयोजक कमिटीको संयोजक वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई बनाइएको छ।
जेन–जी आन्दोलनको पुस्तान्तरणको मर्मबमोजिम बाबुरामले अध्यक्ष पद त्यागेर ठूला दलका नेताहरूलाई नैतिकताको चुनौती दिएका छन्।
बैठकले मौजुदा केन्द्रीय समिति भङ्ग गरी उपाध्यक्ष दुर्गा सोवको अध्यक्षतामा महाधिवेशन आयोजक समिति बनाउने निर्णय लिएको छ । महाधिवेशन कहिले गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ।
तत्कालीन नेसपा विभाजनपछि गत माघमा भएको महाधिवेशनबाट भट्टराई अध्यक्षमा निर्वाचित भएका थिए।


























Leave a Reply