काठमाडौं— सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाएर मनोज सिलवाललाई नियुक्त गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेको हो।

उनको ठाउँमा प्राधिकरणकै पूर्व उपकार्यकारी निदेशक मनोज सिलवाललाई नियुक्त गरेको हो। गत चैत ११ मा तत्कालीन ओली सरकारले कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गरेको थियो। जेन–जी आन्दोलनको बलमा उनै घिसिङ उर्जामन्त्री बनेपछि शाक्यलाई हटाएर आफ्ना विश्वासपात्र सिलवाललाई नियुक्त गरेका हुन्।


























Leave a Reply