गाउँपालिका अध्यक्षलाई नियन्त्रणमा लिई कारबाही गर्न राष्ट्रिय दलित आयोगको माग

दलित अनलाईन २६ फाल्गुन २०७९, शुक्रबार १०:०२

काठमाडौँ—  राष्ट्रिय दलित आयोगले  गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गर्न र अपमानित दलित समुदायको मानव अधिकारको संरक्षण गर्न नेपाल सरकारसँग माग गरेको छ ।

सिरहा जिल्लाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले आफ्नी दिवंगत आमाको १३ औँ दिनको पुण्यतिथिमा सोमबार गरेको भोजमा जात र समुदाय  अनुसार फरक–फरक ठाउँमा बसेर खाने प्रबन्ध गरी विभेद गरेका थिए ।

प्लेकार्ड नै टाँसेर गैरदलित, मुस्लिम र दलित निम्तालुलाई खाने ठाउँ छुट्याइएर जातीय आधार विभेद गरेपछि राष्ट्रिय दलित आयोगले यादवलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गर्न र अपमानित दलित समुदायको मानव अधिकारको संरक्षण गर्न नेपाल सरकारसँग माग गरेको हो ।

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माद्वारा जारी विज्ञप्तिमा निएको छ, ‘गाउँपालिका अध्यक्ष जस्तो सार्वजनिक जिम्मेवारी रहेको व्यक्तिले मानव अधिकार अन्तराष्ट्रिय मूल्यमान्यता, नेपालको संविधान र प्रचलित ऐन कानुनको उल्लंखन हुने गरी मधेशका युगौदेखि शोषण र उत्पीडनमा पारिएका समुदायलाई घोषित रुपमा छुटयाउने गरी व्यानर समेत राखेर समुदायलाई छुट्टै भोज खुवाउने कार्यको निन्दा एवम् भत्सर्ना गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank