नारायणगढ-मुग्लिन सडक आज राति पनि नखुल्ने, पहिरो पन्छाउने काम भोलिबाट

दलित अनलाइन अशोज ४, २०८२

काठमाडौं—  शुक्रबार साँझबाट अवरुद्ध नारायणगढ–मुग्लिन सडकमा निरन्तर पहिरो खस्न थालेपछि पहिरो पन्छाउने काम स्थगित गरिएको छ । तुईन खोला पुल नजिकैको पहिरो पन्छाउने काम अब आइतबार बिहानबाट फेरि थालिने सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।

शुक्रबार साँझ साढे ६ बजे पहिरो खस्दा अवरुद्ध सडकमा शनिबार बिहानबाट पन्छाउन थालिएको थियो । तर, फेरि शनिबार बिहान अर्को ठूलो पहिरो खसेको थियो ।

करिब ७० मिटर माथिबाट निरन्तर रूपमा ढुंगा झरिरहेकामा बिहान ७ः४० मा पुनः ठुलो पहिरो खसेर करिब १६० मिटर लम्बाई, १० मिटर चौडाई र १६ मिटर उचाइमा  पहिरो  रहेको अवस्था छ । शनिबार दिनभर बाटो खोल्ने प्रयास भयो। तर, निरन्तर ढुंगा खसिरहेको छ। प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न माइकिङ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank