काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीले जेनजी आन्दोलनको फाइदा उठाउँदै पार्टीको बद्नाम गर्ने कामहरू भइरहेको भन्दै आपत्ति जनाएको छ। त्यस्ता गतिविधिहरूमा पार्टीको कुनै संलग्नता वा सम्वद्धता नरहेको भन्दै पार्टीका प्रवक्त मनिष झाले छानबिन र कारबाहीको पनि माग गरेका छन्।

‘जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छित व्यक्ति र समूहले रास्वपा र रास्वपा सम्बद्ध व्यक्तिहरूको नाम लिँदै विभिन्न निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीहरुलाई डर, त्रास, धम्की देखाई टेलिफोन मेसेज गरिरहेको जानकारी पार्टीमा आएकाले यसतर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ झाले भनेका छन् ‘यस्ता गतिविधिमा रास्वपाको कुनै संलग्नता नरहेको सार्वजनिक जानकारी गराउँदै यस्ता गतिविधिमा लाग्ने जो कोही भए पनि आवश्यक छानबिन र कारवाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौँ।’


























Leave a Reply