नवनियुक्त तीन मन्त्रीले लिए शपथ

दलित अनलाइन भदौ ३०, २०८२

काठमाडौं— नवनियुक्त तीन मन्त्रीले सोमबार शीतलनिवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृहका साथै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याललाई शपथ गराएका हुन् ।

पूर्वसचिवसमेत रहेका खनालले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने मौका पाएका हुन् । त्यस्तै, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत नेपाल सरकारका विशिष्ट अधिकारीहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank