जेन–जी आन्दोलनमा महानगरभित्र कहाँ-कहाँ भयो क्षति ?

दलित अनलाइन भदौ २८, २०८२

काठमाडौं—   ०८२ भदौ २३ र २४ गते जेन-जीले गरेको प्रदर्शनमा क्रममा काठमाडौं महानगरपालिकाभित्र भएको क्षतिको प्रारम्भिक विवरण प्राप्त भएको छ।

महानगरपालिकाका इञ्जिनियरहरूले संकलन गरेको प्रारम्भिक विवरण सार्वजनिक गरिएको हो। पालिका केन्द्रका इञ्जिनियरको संयोजनमा वडाका इञ्जिनियरहरूले प्रारम्भिक विवरण संकलन गरेका थिए।

क्षतिको विवरण–

वडा नम्बर २, १०, १८, २१, २३ र २५ मा कुनै पनि सार्वजनिक वा व्यक्तिगत सम्पत्तिको क्षति भएको सूचना छैन।

वडा नम्बर १
वडा नम्बर १ मा हिल्टन होटल, दरबारमार्ग प्रहरी वृत्त र संघीय संसद गगनकुमार थापाको सम्पर्क कार्यालयमा क्षति भएको छ।

वडा नम्बर २
वडा नम्बर २ मा कुनै पनि क्षतिको सूचना प्राप्त भएको छैन।

वडा नम्बर ३
राष्ट्रपति भवन शितल निवास, भाटभटेनी सुपर मार्केट महाराजगञ्ज, महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, युलेन्स स्कूल बाँसबारी, कांग्रेस नेता प्रकाशशरण महतको निवास, तिलिङ्गाटार प्रहरी विट,

वडा नम्बर ४
प्रधानमन्त्री निवास बालुवाटार, वर्णवास म्युजियम होटल धुम्बाराही, कैशाल सिरोहिया र छिमेकीको घर, सिजी सोरुम, उपेन्द्र महतोको घर, सुकेधारा प्रहरी विट र वालुवाटार प्रहरी विट

वडा नम्बर ५
भाटभटेनी सुपरमार्केट, रेल विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जेभियर कलेज, गहनापोखरी प्रहरी विट

वडा नम्बर ६
वडा कार्यालयमा तोडफोड र डिजिटल बोर्डमा पूर्ण क्षति भएको छ । प्रहरी वृत्त बौद्ध, पर्यटक शौचालय र सडक किनाराका विरुवामा क्षति भएको छ ।

वडा नम्बर ७
वडा कार्यालयमा सामान्य तोडफोड भएको छ ।

वडा नम्बर ८
गौशाला प्रहरी वृत्तको ट्रसमा क्षति भएको छ । पशुपति क्षेत्र विकास कोषका करिब ८ वटा संरचनमा क्षति भएको छ । गौशाला धर्मशालाका सटरहरुमा क्षति भएको छ । सडकमा भएका ट्राफिक संकेत बत्ती, सीसीटिभी क्यामरा र ३ वटा सोलार वत्तीका पोलमा क्षति भएको छ । पिंगलास्थानमा रहेको आन्तरिक राजस्व कार्यालय र पञ्चकन्या टोलमा रहेको यातायात व्यवस्था कार्यालयको निजी व्यवसायिक भवन आगजनी गरिएको छ ।

वडा नम्बर ९
मारवाडी परिषद् भवनमा क्षति भएको छ । एउटा ट्रकमा आगजनी भएको छ । विमानस्थल नजिकको रेलिङ् र पर्खालमा क्षति भएको छ ।

वडा नम्बर १०
वडा नम्बर १० मा क्षतिको सूचना छैन ।

वडा नम्बर ११
जिल्ला अदालत काठमाडौँ, विशेष अदालत, वन तथा भू संरक्षण विभाग, सडक विभाग, सहरी विकास तथा भवन निर्माण विभाग, जिल्ला सरकारी वकिलको कार्यालय,सेन्ट्रल विजनेस पार्क (कान्तिपुर पब्लिकेसन), सिजी सोरुम, हुण्डाइ सोरुम, टाटा सोरुम, उद्योग विभाग, साना तथा घरेलु उद्योग कार्यालयमा क्षति भएको छ ।

यस्तै सडक र किनारामा राखिएका सवारी साधन, पैदल मार्ग र ट्राफिक आइल्याण्डमा क्षति भएको छ ।

वडा नम्बर १२
नेपाल आयल निगम, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी बिटमा क्षति पुगेको छ ।

वडा नम्बर १३
वडा कार्यालय भवन, चाँगल प्रहरी बिट, वाफल प्रहरी बिट, कालीमाटी प्रहरी वृत्तमा २ वटा कार र ६ वटा मोटरसाइकल,

वडा नम्बर १४
वडा कार्यालयमा आंशिक क्षति, मालपोत कार्यालय, कलंकी, प्रहरी प्रभाग कलंकी, ट्राफिक प्रहरी प्रभाग, कलंकी, एमाले नेता युवाराज ज्ञवालीको निवास, एमाले नेता महेश बर्तौलाको निवास, एमाले नेता कृष्णगोपाल श्रेष्ठको निवास, व्यावसायी बिनोद चौधरीको निवास, पूर्वसचिव विश्वप्रकाश पण्डितको निवास, सहसचिव गणेश अर्यालको निवास, भाटभटेनी कलंकी, केएफसी कलंकी

कलंकी चोक, कलंकी बल्खु चक्रपथ खण्ड, बल्खु चोक, कुलेश्वर पुल, कुलेश्वर गणेश मन्दिरमा क्षति

अर्किड कोलोनीमा सरकारी २ वटा गाडी, कलंकीमा एउटा सरकारी गाडी र २ वटा मोटरसाइकलमा क्षति

वडा नम्बर १५
वडा नम्बर १५ को वडा कार्यालय भवनमा ढुङ्गाले हानेर झ्यालका शिसा फुटेका छन् । वडाभित्रका राष्ट्रिय परिचय पत्र कक्ष, बैङ्क काउन्टर तोडफोड भएको छ । प्रहरी वृत्त स्वयम्भू र प्रहरी वृत्तमा क्षति भएको छ ।

पूर्व प्रधानमन्त्री झलनाथ खनाल, वर्तमान शिक्षा रघुजी पन्तको घरमा आगलागी, बागमती प्रदेशका पूर्व मुख्य मन्त्री राजेन्द्र पाण्डेका घरमा तोडफोड, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको घरमा आगलागी, पूर्वमन्त्री जीवनराम श्रेष्ठका २ वटा भवनमा तोडफोड,

वडाबाट २५ वटा मोटरसाइकल चोरी भए । ५३ वटा मोटरसाइकल र ७ वटा कारमा आगलागी भएको छ ।

वडा नम्बर १६
केन्द्रीय मत्स्यपालन केन्द्र, प्रहरी वृत्त बालाजु, गुणस्तर तथा नापतौल विभाग, महानगरी प्रहरी वृत्त, सोह्रखुट्टे, राष्ट्रपति निवास बोहोराटार, भाटभटेनी बालाजु, चमती प्रहरी विट, बालाजु प्रहरी बिट, बनस्थली प्रहरी बिट

वडा नम्बर १७
२ वटा प्रहरी बिटमा क्षति भएको छ । यस्तै नेकपा माओवादीका नेता नारायण काजी श्रेष्ठका भाइको घरमा क्षति भएको छ ।

वडा नम्बर १८
उल्लेख्य क्षति नभएको सूचना प्राप्त भएको छ ।

वडा नम्बर १९
महानगरपालिकाका पूर्व उपप्रमुख स्व. नविन्द्रराज जोशीको घरमा आशिक क्षति भएको छ । यस्तै प्याफलमा रहेको जोशीको शालिक पूर्ण रुपमा क्षति भएको छ ।

वडा नम्बर २०
परोपकार पार्क र रामघाट पार्कको कम्पाउण्डमा आंशिक क्षति भएको छ । यस्तै प्रहरी विटमा पूर्ण क्षति भएको छ ।

वडा नम्बर २१
वडा नम्बर २१ मा उल्लेख्य क्षति भएको विवरण प्राप्त भएको छैन ।

वडा नम्बर २२
नेपाल प्रहरीको प्रहरी बिटमा क्षति भएको छ ।

वडा नम्बर २३
वडाभित्र उल्लेख्य क्षति नभएको सूचना पप्त भएको छ ।

वडा नम्बर २४
जनसेवा प्रहरी वृत्त, बिशालबजारका २ वटा भवन र ३ वटा सवारी साधनमा आंशिक क्षति भएको छ ।

वडा नम्बर २५
वडाभित्र कुनै उल्लेख्य भौतिक क्षति नभएको सूचना छ ।

वडा नम्बर २६
ल्होत्से मल, एनसेल टावर, छाया सेन्टर, चौधरी निवास, वडा कार्यालयमा आंशिक क्षति

वडा नम्बर २७
नेपाल प्रहरीको साइबर व्यरो र प्रहरी बिटमा क्षति भएको छ ।

वडा नम्बर २८
उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाह पथ, उपत्यका प्रहरी कार्यालय रानीपोखरी,

वडा नम्बर २९
सर्वोच्च अदालत, महान्याधिवक्ताको कार्यालय, नेपाल बार एशोसिएसन, सिंहदरबार, महानगरीय प्रहरी वृत्त, सिंहदरबार, अख्तियार प्रमुख प्रेम राईको घरमा आगजनी र तोडफोड, ट्राफिक आइल्याण्ड, रुद्रमती मार्गमा रहेको प्रहरी बिटमा आगजनी

वडा नम्बर ३०
कालोपुलमा रहेको प्रहरी बिट, डिल्लीबजार कारागार, संघीय संसद गगनकुमार थापाको निवास, नेपाली कांग्रेसको पार्टी कार्यालय, सुरेन्द्र भवनमा क्षति भएको छ ।

वडा नम्बर ३१
संघीय संसद भवनमा आगो लगाएपछि पूर्ण क्षति भएको छ । राष्ट्रिय वाणिज्य वैङ्क यातायात व्यवस्था कार्यालयमा पूर्ण क्षति भएको छ ।

वडा कार्यालयमा ढुङ्गा हानेर शिशा तोडफोड भएको छ । महानगर प्रहरी बलको कार्यालय मीनभवनमा आगजनी र तोडफोड भएको छ । यसबाट नगर प्रहरीका पोशाक, ८ जना सुत्ने ओछ्यान र लत्ता कपडा, खाना पकाउने र खाने भाँडाकुँडा जलेर पूर्ण नष्ट भएको छ । महानगर प्रहरी बलले प्रयोग गर्ने ३ वटा सवारी साधनमा क्षति भएको छ । प्रहरी वृत्त बानेश्वरमा आगजनी भएको छ ।

नेकपा एमालेको पार्टी कार्यालयमा क्षति भएको छ ।

वडा नम्बर ३२
कार्यालय भवनमा १३ वटा झ्यालका शिशा फोरिएका छन् । ३ वटा ढोका, ६ वटा सीसीटिभी क्यामरा, ५ वटा टेवुल, १३ वटा कुसी, एउटा कियोक्स मेसिन, ४ वटा प्रिन्टर, ४ वटा मोनिटरमा क्षति भएको छ ।

प्रहरी वृत्त कोटेश्वर, प्रहरी प्रभाग खहरे चोक जलेर पूर्ण क्षति भएको छ । जडीवुटीमा एउटा सवारी साधनमा आगजनी गरिएको छ ।

काठमाडौँ महानगरपालिकाका दायित्वभित्र रहेका भौतिक संरचनाको क्षति

वडा नम्बर ६
वडा कार्यालयमा तोडफोड र डिजिटल बोर्डमा पूर्ण क्षति भएको छ ।

वडा नम्बर ७
वडा कार्यालयमा सामान्य तोडफोड भएको छ ।

वडा नम्बर १३
वडा कार्यालय भवनमा क्षति

वडा नम्बर १४
वडा कार्यालयमा आंशिक क्षति

वडा नम्बर १५
वडा नम्बर १५ को वडा कार्यालय भवनमा ढुङ्गाले हानेर झ्यालका शिसा फुटेका छन् । वडाभित्रका राष्ट्रिय परिचय पत्र कक्ष, बैङ्क काउन्टर तोडफोड भएको छ ।

वडा नम्बर २०
परोपकार पार्क र रामघाट पार्कको कम्पाउण्डमा आंशिक क्षति भएको छ ।

वडा नम्बर २६
वडा कार्यालयमा आंशिक क्षति

वडा नम्बर ३१
वडा कार्यालयमा ढुङ्गा हानेर शिशा तोडफोड भएको छ ।

महानगर प्रहरी बलको कार्यालय मीनभवनमा आगजनी र तोडफोड भएको छ । यसबाट नगर प्रहरीका पोशाक, ८ जना सुत्ने ओछ्यान र लत्ता कपडा, खाना पकाउने र खाने भाँडा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank