गृहमन्त्री रमेश लेखकले पदबाट दिए राजीनामा

दलित अनलाइन भदौ २३, २०८२

काठमाडौं — गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्।

जेन-जी आन्दोलनमा प्रहरी दमनपछि पार्टीभित्रैबाट राजीनामाको दवाब बढेपछि कांग्रेस पदाधिकारी बैठकले सभापति शेरबहादुर देउवाले गृहमन्त्रीलाई राजीनामा दिन निर्देशन दिएका थिए।

पदाधिकारी बैठक लगत्तै मन्त्रिपरिषद बैठकमा गएका उनले त्यहीँ राजीनामा बुझाएका हुन्। मन्त्री लेखकले ‘अकल्पनीय क्षति’ भएकोले नैतिकताको आधारमा राजीनामा दिने भन्दै पदाधिकारी बैठकबाट निस्केका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank